काठमाडौँ । फरवार्ड पिएरे इमरिक औवामियाङको ह्याट्रिकमा क्याटलान क्लब बार्सिलोनाले सहज जित निकालेको छ । गएराति घरेलु टोली भ्यालेन्सियामाथि बार्सिलोनाले ४–१ को फराकिलो जित दर्ता गरेको हो ।
बार्सिलोनाको जितमा यसै विन्टरमा इंग्लिस क्लब आर्सनलबाट आएका गावोनका फरवार्ड औवामियाङले ह्याट्रिक गर्नुका साथै फ्रान्की डि जोङले एक गोल गरे भने घरेलु टोलीका कार्लोस सोलेरले गरेको एकमात्र गोल सान्त्वनामा सिमित बन्यो ।
औवामियाङले खेलको २३औं मिनेट, ३८औं मिनेट र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले बार्सिलोनाका लागि चौथो खेल खेल्दा पहिलो गोलसँगै पहिलो ह्याट्रिक गर्न सफल भएका हुन् ।
जितसँगै बार्सिलोनाले २४ खेलमा ४२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । पराजित भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा छ ।




