समाचार

वेलायतकी महारानीलाइ काेभिड संक्रमण

काठमाण्डाैं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्सले आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड सङ्क्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममार्फत बाहिरिएको हो । उनले गत हप्ता दरबारमा केही व्यक्तिहरूसँग भेट गरेकी थिइन । यसमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको बताइएको थियो । दरबारबाट प्रेषित एक विज्ञप्तिमा महारानीलाइ हल्का लक्षणसहित कोभिड सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएकाे छ।

महारानी पन्चान्नब्बे बर्षकी छिन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *