समाचार

१७ वर्षीय छोराद्वारा बाबुको हत्या

काठमाडौँ । सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको आफ्नै साइला छोराले हत्या गरेका छन् । संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार ह्याम्बरले हानेर शुक्रबार राति करिब १२ बजेतिर १७ वर्षीय छोरालो दलबहादुरको हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन । घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *