समाचार

प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आज शिविर सञ्चालन गरिएको हो ।

शिविरमा रक्तचाप, मधुमेहलगायत रोगको परीक्षण गरिनुका साथै १२ वर्ष माथिका सबै किशोरकिशोरीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समितिको कार्यालय अगाडिको खुल्ला मञ्चमा शिविर सञ्चालन गरिएको हो । शिविरमा करिब ३०० जनालाई सेवा दिने लक्ष्य रहेको महतले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *