खेलकुद

ओमानविरुद्ध नेपालको खराब सुरुवात, गुमायो ४ महत्वपूर्ण विकेट

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ थालेकाे छ । घरेलु टोलीबिरुद्ध अल अमेरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेकाे हाे ।

आठ ओभरमा नेपालले आफ्ना ४ महत्वपूर्ण विकेट गुमाइसकेकाे छ । नेपालले ४५ रन बनाएकाे छ । आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको नेपालले सुरुवातमै नराम्राे झट्का बेहाेरेकाे छ । अहिले लाेकेश बम र आरीफ शेख क्रिजमा छन् ।

कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र एेरी सस्तैमा आउट भएका छन् ।

यसअघि ओमानमै भएको चारदेशीय टी-२० सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *