खेलकुद

वेस्ट इन्डिजबिरुद्द भारतलाई अग्रता

काठमाडौं । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा ६ विकेटको जित निकाल्दै शृंखलामा १-० को अग्रता बनाएको छ ।

बुधबार कोलकत्तामा १५८ रनको विजयी लक्ष्य पाएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १६२ रन बनायो । भारतका कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५ रन जोड्दा सूर्यकुमार यादवले अविजित ३४ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रनको योगफल बनायो । वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रन, केली मेयर्सले ३१ रन तथा कप्तान केइरन पोलार्डले अविजित २४ रनको योगदान गरे ।

भारतका हर्सल पटेल र रबि बिश्नोईले २/२ विकेट लिए । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो । दोस्रो खेल आज (बिहिबार) नै रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *