खेलकुद

रेलिगेशन जोनको लेभान्टेसंग एट्लेटिको पराजित

काठमाडौं । स्पेनिस ला लिगाको महारथी क्लब एट्लेटिको मड्रिडले आफ्नो खराब लय कायम राख्दा रेलिगेशन जोनको लेभान्तेसंग १-० अंन्तरले पराजित भएको छ ।

बुधबार राती एट्लेटिको घरेलु मैदानमै पराजित हुन पुग्यो । भ्रमणकारी टोली लेभान्तेका गोन्जालो मारेलोले खेलको ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्दा एट्लेटिकोले सिजनको सातौं हार बेहोरेको हो ।

हारसंगै २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाचौं स्थानमा छ । २४ खेलबाट १४ अंक बनाएको लेभान्ते पुछारमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *