काठमाडौँ । तनहुको व्यास नगरपालिका–५ चुदेरका दुवै मिर्गौलाबाट पीडित ४४ वर्षीय थमनबहादुर थापाको उपचारार्थ करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । चुदेर घर भई हाल बुटवलमा बस्दै आएका देवबहादुर थापाले सो रकम सङ्कलन गरी हस्तान्तरण गरेका हुन् । उनले थमनबहादुरको उपचारार्थ रु १३ लाख खर्च लाग्ने, हप्तामा दुईपटक डायालासिस गर्नुपर्ने र एक पटकमा रु साढे सात हजार खर्च हुने बताएका छन् ।
यसैबीच व्यास नगरपालिका–५ साँगे सेरा निवासी बाबुलाल कुमालले छ महिनादेखि मिर्गौलापीडित थापालाई निःशुल्क यातायात सेवा प्रदान गर्दै आएका छन् । उनको डायलासिसका लागि उनले दमौली अस्पताल लैजाने र ल्याउने गर्दै आएका हुन् ।
“राति, बिहान, दिउँसो जुनसुकै समयमा पनि थापाको उपचारका लागि अस्पताल पुर्याउन यातायात सेवा प्रदान गर्दै आएको छु, ‘ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बिरामीको सेवा गर्न पाउनु ठूलो सौभाग्य ठानेको छु”, उनले भने ।




