खेलकुद

नेपाली बलर चम्किँदा १२७ रनमै समेटियो आयरल्याण्ड

काठमाडौं । नेपाली बलर चम्किँदा आयरल्याण्डले चार देश सम्मिलित टि२० आई सिरिजमा नेपाललाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको हो ।

आयरल्याण्डका लागि कप्तान एन्ड्रयू बालबर्नीले १९ रन जोड्दा कर्टिस क्याम्फरले २० रनको योगदान गरे । ओपनर पल स्टर्लिङ्ग २ रनमै आउट भए । शेन गेटकेटले १४ रन बनाए । विकेटकिपर लोर्कन टकरले १५, सिमी सिंहले १, जर्ज डकरेलले २८, मार्क एडेयरले ७,एन्डी म्याकब्राइनले ११ र ब्यारी म्याकार्थीले १ रन जोडे ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । अविनाश बोहराले २ विकेट लिँदा कप्तान सन्दिप लामिछाने, कमलसिंह ऐरी, जितेन्द्र मुखियाले समान एक/एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *