खेलकुद

आयरल्याण्डविरुद्ध नेपालको राम्रो शुरुवात

काठमाडौं । नेपालले चारदेशीय सिरिज अन्तर्गतको अन्तिम खेलमा आयरल्याण्डविरुद्ध राम्रो शुरुवात गरेको छ ।

जारी खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपालले आयरल्याण्डका चार विकेट लिएको छ ।

१० ओभरको खेल सकिदा आयरल्याण्डले आफ्ना प्रमुख चार खेलाडीलाई गुमाएर ६३ रन बनाएको छ ।

आयरल्याण्डका पाउल स्टीरलिङ २, कप्तान एन्डी बलबिरनी १९ , ग्यारेथ डेलानी ९ र शेन गेटकेट १४ रन बनाएर आउट भएका छन् ।

नेपाली बलर कमल सिंह ऐरी, अविनाश बोहोरा, जितेन्द्र मुखिया र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका छन् ।

नेपालले यस सिरिजमा पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

त्यस्तै आयरल्याण्डले पनि यस अघि खेलेका २ खेल मध्ये एक जित र एक हार बेहोरेको छ । आयरल्याण्डले ओमानलाई पराजित गरेको थियो भने युएईसँग पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *