बागमती प्रदेश

७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

काठमाडौं । बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ ।

मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्का लागि गाडी किन्ने भएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।

हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रा.लि. काठमाडौंले पाएको छ ।

१४ मन्त्रालय रहेको बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *