खेलकुद

रेलिगेशन जोनको बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्द १-० को जित निकालेको छ ।

ट्रफ मुर बर्नलेमा आइतबार राति भएको खेलमा फाविन्होले पहिलो हाफमा गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । उनले ४०औं मिनेटमा एलेक्सान्डर आर्नाेल्डको कर्नरमा गोल गर्न सफल भएका थिए ।

जितसंगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछी लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ । बर्नली २१ खेलबाट १४ अंक सहित तालिकाको तालिकाको पुछारमा छ ।

गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेेकाे हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *