समाचार

विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा काठमाडौँ आएका चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद भएको हो ।

झ्याङ ली नामक चिनियाँ नागरिकबाट सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *