काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको सत्तारुढ गठबन्धन तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म कायमै रहने दाबी गरेका छन् ।
सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहेका उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको बताए ।
शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्मकारमा उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्ने पनि बताए ।
कार्यक्रममा उनले भने, ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन कम्प्लिट गर्छ । र, यही गठबन्धनले एक वर्षभित्रमा सबै चुनावहरु गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूची अघि बढाएको छ ।’




