काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १५ औं सिजनका लागि खेलाडीको लिलामी आज र भोलि हुदै छ । यो लिलामीपछि अब आईपीएलमा सहभागी टिमको स्वरूप पूर्ण रुपमा परिवर्तन हुनेछ ।
हरेक सिजनको लिलामीमा जस्तै यस पटक पनि भारतसहित विश्वभरका चर्चित खेलाडीको करोडौंको बोली लाग्ने भएको छ । आईपीएलको १५ औं सिजनको लिलामी फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ ।
लिलामीमा कति खेलाडी सहभागी छन् ?
आइपिएल खेल्ने सपना हरेक क्रिकेटरको हुन्छ । हरेक क्रिकेट खेल्ने देशका खेलाडी यस प्रतियोगिताको हिस्सा बन्न चाहन्छन् । यसको सबैभन्दा ठूलो कारण यो हो कि डेढ महिनासम्म चल्ने यो प्रतियोगितामा खेलाडीले वर्षभर क्रिकेट खेलेर जति पैसा कमाउँछन् ।
यही कारणले गर्दा यसपटक बीसीसीआईलाई लिलामीका लागि विश्वभरबाट १ हजार २ सय १४ खेलाडीको आवेदन आएको थियो । प्रारम्भिक समीक्षा पछि, अन्तिम लिलामीमा ५९० खेलाडी समावेश गरिनेछ । तीमध्ये ३७० भारतीय क्रिकेटर छन् भने २२० विदेशी छन् ।
यस सिजनको लिलामीमा अफगानिस्तानका १७, अष्ट्रेलियाका ४७, बंगलादेशका पाँच, इङ्ल्यान्डका २४, आयरल्याण्डका पाँच, न्युजिल्यान्डका २४, दक्षिण अफ्रिकाका ३३, श्रीलंकाका २३, वेस्ट इन्डिजका ३४, जिम्बाब्वेका एक र एकजना सहभागी छन् । नेपाल, अमेरिकाबाट एक-एक, नामिबियाबाट तीन र स्कटल्याण्डबाट एक जना छन्।
जसमध्ये ४८ खेलाडीको आधार मूल्य २ करोड रुपैयाँ राखिएको छ । २० खेलाडीको आधार मूल्य १.५ करोड रुपैयाँ र ३४ खेलाडीको आधार मूल्य १ करोड रुपैयाँ छ ।
सबैभन्दा जेठो खेलाडी को हुन ?
यस लिलामीमा दक्षिण अफ्रिकाका ४२ वर्षीय स्पिन बलर इमरान ताहिर सबैभन्दा पाका खेलाडी हुन् । अफगानिस्तानका १७ वर्षीय नूर अहमद सबैभन्दा कान्छो खेलाडी हुन् ।
कुन टिममा कति पैसा ?
यस लिलामीको समयमा टोली कस्तो देखिन्छ भन्ने कुरा धेरै हदसम्म टोलीसँग उपलब्ध पैसामा निर्भर हुनेछ । यस सन्दर्भमा पञ्जाब किंग्ससँग ७२ करोड रुपैयाँ छ भने राजस्थान रोयल्ससँग ६२.२ करोड रुपैयाँ छ । यसबाहेक सनराइजर्स हैदरावादसँग ६८ करोड, रोयल च्यालेन्जर्स बैंग्लोरसँग ५७ करोड, चेन्नई, कोलकाता र मुम्बईसँग ४८-४८ करोड र दिल्लीसँग ४७.५ करोड छ ।
अर्थात् यो लिलामीमा पञ्जाब किंग्ससँग सबैभन्दा धेरै पैसा उपलब्ध छ । सनराइजर्स हैदरावादसँग पनि राम्रो टिम बनाउन पर्याप्त पैसा छ । अन्य टोलीहरूले आफ्ना महत्त्वपूर्ण खेलाडीहरूलाई टोलीमा राख्न धेरै पैसा खर्च गरेका छन् ।
अर्कोतर्फ, लखनउ र अहमदाबादका टोलीहरू पहिलो पटक प्रतियोगितामा सहभागी हुनेछन् । यस प्रतियोगितामा सहभागी टिमको संख्या ८ बाट बढाएर १० पुर्याएको छ । लखनऊ र अहमदाबादको टोलीले लिलामी अघि तीन/तीन खेलाडी छनोट गरेका छन् ।
केएल राहुलले लखनउको टोलीको कप्तानी गर्नेछन् भने अहमदाबादको कप्तानीको जिम्मेवारी हार्दिक पाण्ड्याको काँधमा छ । लखनउको टोलीमा केएल राहुलका अलावा रवि बिश्नोई र मार्कस स्टोइनिस छन् । अहमदाबादको टोलीमा राशिद खान र शुभमन गिल छन् ।
कुन-कुन खेलाडीलाई टिमले रिटेन गरे ?
आईपीएल टिमहरुका अगाडि उनीहरुको दीर्घकालीन रणनीतिलाई ध्यानमा राख्दै केही खेलाडीलाई रिटेन गर्ने विकल्प पनि रहेको छ । कुनै पनि टोलीले बढीमा चार खेलाडी राख्न सक्छ। टोलीले राखेका खेलाडीहरूलाई खेलाडी लिलामीमा समावेश गरिएको छैन-
पञ्जाब किंग्स: मयंक अग्रवाल र अर्शदीप सिंह ।
चेन्नई सुपर किंग्स: महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड, रविन्द्र जडेजा, मोइन अली ।
मुम्बई इन्डियन्स: रोहित शर्मा, सूर्यकुमार यादव, किरोन पोलार्ड, जसप्रित बुमराह ।
कोलकाता नाइट राइडर्स: वेंकटेश अय्यर, आन्द्रे रसेल, सुनील नारायण, वरुण चक्रवर्ती ।
सनराइजर्स हैदरावाद: केन विलियम्सन, उमरान मलिक, अब्दुल समद ।
रोयल च्यालेन्जर्स बैंगलोर: विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज ।
राजस्थान रोयल्स: जोस बटलर, सञ्जु सैमसन, यशस्वी जैसवाल ।
दिल्ली क्यापिटल्स: ऋषभ पन्त, पृथ्वी शा, अक्षर पटेल, एनरिक नोर्टजे ।




