समाचार

भारतबाट जन्ती लिएर आएको बस दाङमा दुर्घटना, २३ जना घाइते

काठमाडौं । दाङको गढवा नगरपालिका–५ चिसापानीमा शुक्रबार राति भएको बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।

घाइते सबै भारतिय नागरिक रहेका छन्। घाइते मध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि भारततर्फ पठाइएको प्रहरीले जनाएको छ।

भारतको सिर्सियाबाट गढवातर्फ जन्ती लिएर आउँदै गरेको भारतीय नम्बरको बस हिजो बेलुका सवा ७ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो। बससहित चालक इलाका प्रहरी कार्यालय गढवा दाङको नियन्त्रणमा रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *