खेलकुद

नेपाल दोस्रो जितको खोजीमा

काठमाडौं । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले सिरिजको दोस्रो खेलमा शनिबार युएईसँग खेल्न लागेको हो । अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । युएई पहिलो खेलमा नेपाललाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *