समाचार

सिगास गाउँपालिका अध्यक्षमा धामीको उम्मेदवारी घोषणा

बैतडी । बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । १०औँ गाउँसभाको सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उमेदवार बन्ने बताएका हुन् ।

उनी नेपाली कांग्रेसका नेता हुन् ।

सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनले बताए । स्थानीय तहकाे निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *