शिक्षा / स्वास्थ्य

थप १४ जनाको मृत्यु, ११२८ संक्रमित

काठमाडौँ । नेपालमा थप ११२८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६६६ र एन्टीजेन परिक्षणबाट ४६२ गरि कुल ११२८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२१५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले १०९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १७ हजार ४४७ पिसिआर र ३५४२ नमुना एन्टीजेन परिक्षण गरि कुल २० हजार ९८९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ४४१ पुगेका छन् ।पछिल्लो कोरोनाबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ८८७८ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *