शिक्षा / स्वास्थ्य

मन्त्री खतिवडाका सय दिन : पिसीआर शुल्क घटाउनेदेखि सीमा नाकामा हेल्थ डेस्कसम्म (पूर्णपाठ)

काठमाडौँ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आफ्नो १०० दिने कार्यकालका प्रगति विवरण सार्वजनिक गरेका छन् ।शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले सय दिने कार्यकालमा ‘खोप खोप र खोप’काे रणनीतिलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् । हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप नेपालले प्राप्त गरेको मन्त्री खतिवडाले बताए । प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको पनि उनले जनाएका छन् ।

यस्तै अन्य उपलब्धिमा कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउन गरिने पिसीआर परीक्षण शुल्क खटाएको उल्लेख गरेका छन् । उनले निजीस्वास्थ्य संस्थामा २ हजार रुपैयाँबाट घटाएर १५ सय र सरकारी स्वास्थ्य संस्थामा एक हजार रुपैयाँबाट घटाएर ८ सय परीक्षण शुल्क कायम गरेको समेत बताएका छन् भने भारतसँग सिमाना जोडिएका प्रवेश बिन्दुहरूमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरिएको समेत उल्लेख छ ।

[pdfjs-viewer attachment_id=193295 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/02/मा-मंत्रिज़्यू-को-१००-दिनको-कार्य-प्रगति.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/02/मा-मंत्रिज़्यू-को-१००-दिनको-कार्य-प्रगति.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *