काठमाडौं । कोरोनाका कारण रोकिएका सर्वोच्च अदालतका सम्पूर्ण किसीमका काम कारवाही फागुन १ देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । सर्वोच्चले बिहीबार एक सूचना निकाली सो बारे जानकारी दिएको हो । उक्त सूचनामा फागुन १ देखि सर्वोच्च अदालतबाट प्रदान हुने सबै किसीमका सेवाहरु सञ्चालन हुने उल्लेख छ ।





