राजनीति

प्रधानमन्त्री देउवा पुगे पार्टी कार्यालय

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका छन् ।

आजको बैठकमा बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले यसबारे पनि छलफल हुने छ ।

कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहान्त्रीसहितका पदाधिकारी रहन्छन् । यो समितिमा ३७ सदस्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *