शिक्षा / स्वास्थ्य

त्रिभुवन विश्वविद्यालयमा फागुन १ देखि भौतिक उपस्थितिमै पठनपाठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।

बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।

कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । बुधबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *