खेलकुद

चेल्सी फिफा क्लब विश्वकपकाे फाइनलमा प्रवेश

काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १-० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे ।

चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २-० ले पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *