विश्व

भाडामा होइन, वास्तविक टेस्ला पाए अकाउन्ट डिलिट गर्छुः एलन मस्कको हवाई ट्र्याक गर्ने युवा

काठमाडौं । एलन मस्कको निजी जेटको ट्र्याक गर्ने एक युवाको ट्विटर एकाउन्ट पछिल्लो समयमा चर्चामा छ । अकाउन्ट डिलिट गर्न टेस्ला मालिक मस्कदेखि टेस्ला कार भाडामा दिने एउटा कम्पनीका मालिकले ज्याक स्वीइनी नाम गरेका ती युवकलाई विभिन्न ‘अफर’ गरेका छन् । तर, ती सबै प्रस्ताव अस्वीकार गर्दै आएका छन् ।

एटएलनजेट नामको अकाउन्ट डिलिट गर्न मस्कले यसअघि स्वीइनीलाई ५ हजार डलर दिने प्रस्ताव गरेका थिए । तर, उनले सो रकम अस्वीकार गर्दै बरु काम दिनुपर्ने माग गरेका थिए ।

ट्विट डिलिट गर्न कार भाडामा दिने कम्पनी अटोनोमीका सीइओ स्कट पेन्टरले ट्विट मार्फत स्वीइनीलाई तीन वर्षसम्म टेस्ला मोडल ३ को गाडी चलाउन सब्सक्रिप्सन दिने प्रस्ताव गरेका थिए । तर, सो प्रस्ताव पनि ती युवाले अस्वीकार गरेका छन् ।
आफूलाई सब्सक्रिप्सनमा रुची नभएको र अस्थायी मोडल कार भन्दा आफ्नै कार चाहिएको भन्दै अकाउन्ट डिलिट नगर्ने प्रतिबद्धता दोहोराएका हुन् ।

‘मलाई आफ्नै कार चाहिएको छ । तीन वर्षपछि फिर्ता गर्ने गाडी चाहिएको छैन । वास्तविक टेस्ला पाए भने अकाउन्ट डिलिट गर्छु’, वाल स्ट्रिट जर्नलसँग उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *