समाचार

तिन महिनापछि कर्णाली प्रदेश सरकारले पायो पुर्णता, ५ मन्त्रीले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले नेपाली काँग्रेसबाट २, नेकपा माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री नियुक्त भएका १ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सरकार गठन भएको तिन महिनापछि मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार ५ जना मन्त्री थपेका हुन् । पाँच जना मन्त्री थपिएपछि कर्णाली प्रदेशको ८ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ।

नेपाली काँग्रेसबाट हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री, यज्ञ बुढाक्षेत्री सामाजिक विकास मन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास र कार्चेन लामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

नेकपा एकिकृत समाजवादीका तर्फबाट भने पदमबहादुर रोकाया भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *