खेलकुद

आइसीसी अण्डर–१९ विश्वकप फाइनल– इङ्ग्ल्याण्डले भारतलाई दियो १९० रनको मध्यम लक्ष्य

काठमाडौं । आइसीसी अण्डर–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गतको फाइनलमा इङ्ग्लायण्डले भारतलाई १९० रनको लक्ष्य दिएको छ ।

इङ्ग्लायण्डले ४४ दशमलव ५ ओभरमा १८९ रन मात्रै बनाउन सकेको हो । टस जितेर पहिलो व्याटिङ रोजेको इङ्ग्लायण्डका जेम्स रेउले सर्वाधिक ९५ रन बनाए । तिन खेलाडी भने शुन्य रनमा आउट भए ।

भारतका लागि राज बावाले एक्लै ५ विकेट लिए भने रविकुमार ४ विकेट लिए । भारतका बलरको असिलो बलिङसामु इङ्ग्लायण्डका व्याट्सम्यानले प्रदर्शन गर्न सकेनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *