काठमाडौं । तान्जानियामा पाँच महिना लामो खडेरीका कारण तीन लाख ६ हजार ३५८ जनावरको मृत्यु भएको छ ।
चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार लामो सुक्खाको कारण पानी र चरनको अभावले सेप्टेम्बर २०२१ देखि जनवरी २०२२ अन्त्यसम्ममा तिन लाख बढि जनावर मरेका हुन् ।
सरकारले पशुहरूलाई थप मृत्युबाट बचाउन उद्देश्यले गाईलाई किर्नाबाट जोगाउन गाईवस्तु डुबाउने पोखरीहरूको निर्माण गरिएको छ ।




