काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सि चिनफिङका बिचमा भेटवार्ता भएको छ ।
बेइजिङ ओलम्पिकमा सहभागी हुन चीन पुगेका पुटिनसँग सि ले भेटवार्ता गरेका हुन् । युक्रेनमा रुसले आक्रमण गर्न खोजेको भन्दै पश्चिमा मुलुकसँग रुसको तनाव बढेका बेला दुई देशका प्रमुखहरुका बिचमा भेटवार्ता भएको हो ।
चिनियाँ राष्ट्रपति सीले सन् २०२० जनवरीपछि कुनै पनि विदेशी अधिकारीहरुसँग प्रत्यक्ष भेट गरेका थिएनन् । तर पुटिनसँग भने प्रत्यक्ष भेटवार्ता भएको हो ।




