समाचार

आइएसआइएसका प्रमुख अमेरिकी कारबाहीमा मारिए

काठमाडौं । अमेरिकी विषेश सैनिकको कारबाहीमा आइएसआइएसका नेता अबु इब्राहिम अल–हासिमी अल कुरेसीको मृत्यु भएको छ ।

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीका क्रममा कुरेसीको मुत्यु भएको विविसीले समाचार लेखेको छ । यता अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै आफ्नो निर्देशनमा अमेरिकी सेनाले उत्तर पश्चिम सिरियामा गरेको कारबाहीमा कुरेसीको मृत्यु भएको जानकारी दिएका छन् ।

यसअघि आइएसआइएसका प्रमुख रहेका अबु बकर अल बग्दादीको समेत अमेरिकी सेनाको कारबाहीका क्रममा ज्यान गएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *