काठमाण्डाैं । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या २८ पुगेको छ। ब्राजिलमा गएका केही दिनदेखि अविरल वर्षा भइरहेकाे छ । वर्षापछि आएको बाढीका कारण हराइरहेका व्यक्तिको शव भेटिन थालेकाे छ भने करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।
वाढीग्रस्त क्षेत्रमा अलपत्र परेकाे मानिसकाे हेलिकोप्टरहरुले उद्धार गरिरहेको छ । यहाँका मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । ब्राजिलको साओपाओलो राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।




