काठमाडौं । अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा आज पनि प्रदर्शन जारी छ ।
प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ । राजधानी ओटावामा ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन् ।
ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकहरूमा ट्रक राखेर अवरुद्ध पारेको विविसीले समाचार लेखेको छ । सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडो र परिवारका साथ शनिवार ओटावास्थित आफ्नो घर छाडेका छन् ।




