समाचार

बजार भाउ नपाउँदा आलुको उत्पादन घट्दै

काठमाडौं । सर्लाहीको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलु खेती गर्दै आएका किसानले समयमै पर्याप्त रासायनिक मल नपाउँदा आलु उत्पादनमा कमी आएको छ ।

सर्लाहीको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायतका क्षेत्रमा व्यावसायिक आलु खेती हुने गरेको छ।

यस क्षेत्रमा लालगुलाव, कुप्रीसिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर १ हजार ४०० हेक्टरमा आलु खेती हुन्छ।

केही वर्ष यता उत्पादनमा कमी भएको र उचित मूल्य पनि नपाउँदा मारमा परेको बरहथवा हजरियाका रामकुमार नेपालले गुनासो गरे ।

प्रतिकिलो २५ देखि ३० रूपैयाँपपरेको बिऊ आलु अहिले १५ रूपैयाँमा बिक्री गर्नुपरेको छ। भारतबाट सस्तो मूल्यका आलु बजारमा भित्रिएकाले स्थानीयले उत्पादन भाउ नपाएको गुनासो छ।

लामो समयदेखि व्यावसायिक आलु खेती गर्दै आएका उनले यो वर्ष १५ कठ्ठामा आलु लगाएका छन् । व्यापारीलाई प्रतिकिलो १६ रुपैयाँ खेतबाटै बेच्ने गरेका छन् । गत वर्ष १५ कठ्ठामै लगाएको आलुबाट सबै खर्च कटाएर राम्रो रकम लिए पनि यो वर्ष भने कम आएको मूल्यमा चित्त बुझाउनु परेको उनले बताए।

त्यस्तै‚ बागमती राजघाटका किसान पनिलाल रामले यो वर्ष आलु खेतीबाट लागत उठाउन नसकेको बताए । गत वर्ष आलु प्रतिकिलो २० रूपैयाँमा बिक्री गरेको यो वर्ष १५ रूपैयाँ बेच्नु परेको छ ।

आलु लगाउने समयमा युरिया मल नपाएपछि चोरी तस्करी गरेर ल्याएका गुणस्तरहीन मल प्रतिबोरा १ हजार ३०० देखि १ हजार ५०० रूपैयाँसम्म किनेर हाल्यो महँगीको बीउ र मल हालेर फलाएको आलुले उचित मूल्य पाउदैन । ’

शीत भण्डार नहुँदा भाउ राम्रो नपाएको किसानहरुको भनाइ छ। यहाँ उत्पादन भएको आलु मलंगवा, बिरगंज, रौतहटको चन्द्रपुर, बाराको कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको महेश बरालले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *