काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशका तीनवटा जिल्लामा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको सामबार बसेको बैठकले मध्यमस्तरका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
मल कारखाना स्थापना गर्न थाइल्याण्डको एक निजी कम्पनीसँग समन्वय र परामर्श अगाडि बढाउने निर्णय गरेको सरकारले हेटौंडा, चितवन र सिन्धुलीमा मध्यमस्तरको मल उत्पादन कारखाना स्थापना गर्ने तयारी थालेको हो ।




