समाचार

आर्थिक वर्ष २०२२-२३ मा भारतको जीडीपी ८.५ प्रतिशतले वृद्धि हुने

काठमाडौँ । आर्थिक सर्वेक्षणले आर्थिक वर्ष २०२१-२२ मा भारतको जीडीपी ९.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।सोमबारदेखि सुरु भएको भारतको संसदको बजेट अधिवेशनमा अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक वर्ष २०२१-२२ मा देशको वास्तविक जीडीपी ९.२ प्रतिशत रहने अनुमान पेश गरेकी हुन् ।

यो भारतीय रिजर्ब बैंकको ९.५ प्रतिशतको अनुमानभन्दा केही कम हो । साथै आर्थिक वर्ष २०२२-२३ मा देशको अर्थतन्त्रले ८ देखि ८ दशमलव ५ प्रतिशतको दरले कुल गार्हस्थ्य उत्पादन वृद्धि हासिल गर्ने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०२१-२२ मा कृषि क्षेत्रको वृद्धिदर ३.९ प्रतिशत कायम गरिएको छ । यसबाहेक औद्योगिक क्षेत्रमा ११ दशमलव ८ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ ।

सर्वेक्षणका अनुसार अनुमानित सूचकले पहिलो त्रैमासिकमा कोरोनाको दोस्रो लहरको प्रभाव पहिलो लकडाउनको तुलनामा निकै कम रहेको देखाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *