शिक्षा / स्वास्थ्य

आज दैनिक संक्रमितभन्दा निको हुने बढी, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५२९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३६८ जनाको पीसीआर परीक्षण गर्दा ३४७२ जना र ५७२० जनाको एन्टीजेन परीक्षण गर्दा १८२० जना गरी ५२९२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ८१९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ८ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७४३ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *