समाचार

रुसले भन्यो– युक्रेनमाथि आक्रमण गर्ने योजना छैन

काठमाडौं । रुसी विदेशमन्त्री सर्जिय लाभरोभले युक्रेनसँग युद्ध गर्न नचाहेको स्पष्ट पारेका छन् ।

शुक्रबार विदेशमन्त्री लाभरोभले रुसी रेडियोलाई प्रतिक्रिया दिदै युक्रेनलाई आक्रमण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका हुन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले आगामी फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्नसक्ने बताएका बेला रुसले प्रतिक्रिया दिएको हो ।

यसअघि बिहिबार मात्रै अमेरिका र जर्मनीले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको जवाफ दिने चेतावनी दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *