समाचार

अख्तियारद्वारा महासंघका पूर्वअध्यक्ष मुराकासहित १८ जनाविरुद्ध मुद्धा दर्ता

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुराकासहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पूर्वअध्यक्ष पशुपति मुराकासहित २७ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

त्यस्तै, आयोगले अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले ९ जना कर्मचारी, विभिन्न ९ उद्योग र तिनका ९ सञ्चालकविरुद्ध १ अर्ब २६ करोड १९ लाख रुपैंया बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

यसैगरी, खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माईनिङ इञ्जिनियर जयराम घिमिरे, कानून उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्र कुमार पोखरेल, इञ्जिनियरहरु प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी, भूगर्भविद डा. सौनक भण्डारीविरुद्ध विशेष अदालतमा आख्तियारदरा मुद्दा दायर गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *