विश्व

बाक्लो कुहिरोका कारण टोकियोकाे एक्सप्रेसवेमा दुर्घटना, १९ घाइते

टोकियो । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८:०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेसवेको एक खण्डमा किसराजु शहरको मेट्रोपोलिटन इन्टर-सिटी एक्सप्रेसवेमा दुर्घटना भएको हो ।

स्थानीय प्रहरीका अनुसार बाक्लो कुहिराका कारण चालकहरूलाई बाटो देख्न मुस्किल परेको थियो जसले गाडीहरू एकै ठाँउ थुप्रिन पुगे र दुर्घटना हुन पुग्यो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *