समाचार

झापामा ५ वर्षीया बालिका बलात्कृत

झापा । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *