पाेखरा। राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीकाे निर्वाचनमा दलित काेटा पनि गठबन्धनले जितेकाे छ । गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारकाे अन्तरले पराजित गरेका हुन् ।
सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए । याे क्लष्टरमा पनि एक सांसदले खाली छाेडेका थिए भने दुई जनप्रतिनिधिकाे मत बदर भएकाे छ । १ मतपत्र खाली छ ।




