विश्व

टर्कीको राजधानीमा हिमपातका कारण निजी यातायात सञ्चालन गर्न रोक

इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।

देशको सबैभन्दा ठुलो सहरसमेत रहेको इस्तानबुलमा व्यापक हिमपात भएकाले यातायातका साधन सञ्चालन रोकिएको हो ।

मंगलबार बिहान जारी गरिएको वक्तव्यमा इस्तानबुलका गभर्नर अली येर्लिकायाले सार्वजनिक यातायात मात्रै सञ्चालन हुन दिन आग्रह गरेका छन् ।

हिमपातले बाटोहरु पुरिएकाले थोरै थोरै मात्रै खुलाउन सकिएको र थोरै मात्रै खुलाउँदा साँघुरो भएको बाटोमा सार्वजनिक यातायात मात्रै चलाउने व्यवस्था गरिएको उनको भनाइ छ ।

हिमपातका कारण साँघुरो भएको बाटोमा निजी यातायातका साधन चलाउँदा सार्वजनिक यातायातका साधन चल्न नमिल्ने भएकाले निजीलाई प्रतिबन्ध लगाइएको गभर्नर ऐर्लिकायाले स्पष्ट पारे ।

स्तानबुलमा मात्रै एक करोड ६० लाख मानिस बसोवास गर्दछन् । सोमबार निजी र सार्वजनिक दुवै सवारी साधनहरु चलाउन खोज्दा बाटोमा समस्या भएर हजारौँ मानिस लामो समयसम्म सडकमै रोकिनु परेको थियो ।

हिमपातका कारण पाँच हजार मानिस विस्थापित भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । तीमध्ये तीन हजार मानिस आफ्नो घरमा बस्न नसकेर होटल, गेस्ट हाउस र विभिन्न शिविरहरूमा पुगेका छन् ।

त्यसैगरी स्तानबुलबाट हुने उडान पनि बन्द गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *