समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।

आइसियुमा उपचाररत दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोले उनलाई घरजाने सल्लाह दिइएको उनको उपचारमा संलग्न डा. बाबुराम पोखरेलले बताए । यद्यपि, कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *