शिक्षा / स्वास्थ्य

नेपाल आइपुग्याे १६ लाख ६० हजार मात्रा मोडर्ना खोप

काठमाडौँ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *