विश्व

दिल्लीमा छिट्टै प्रतिबन्ध हट्छ – मुख्यमन्त्री केजरीवाल

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले चाँडै कोरोनाका कारण लगाइएको प्रतिबन्ध हटाउने बताएका छन् । ओमिक्रोनको बढ्दो केसहरूलाई ध्यानमा राख्दै दिल्लीमा सप्ताहन्त कर्फ्यू चलिरहेको छ र अन्य प्रतिबन्धहरू पनि लगाइएको छ। दिल्लीमा कोरोना संक्रमितको संख्या लगातार घटिरहेको छ ।

कुनै बेला एकैदिनमा कोरोना संक्रमितको संख्या २९ हजार पुगेको थियो । तर, सोमबार यो संख्या ५७६० पुगेको छ । अरविन्द केजरीवालले मंगलबार दिल्लीमा सकारात्मकता दर १० प्रतिशत पुग्ने आशा व्यक्त गरेका छन्। जनवरी १५ मा यो दर ३० थियो।

गणतन्त्र दिवसअघिको एक कार्यक्रममा केजरीवालले भने, ‘दिल्लीमा १०० प्रतिशत मानिसहरूलाई पहिलो डोज र ८२ प्रतिशत मानिसहरूलाई दोस्रो डोज दिइएको छ। मलाई लाग्छ कि यो सम्पूर्ण देश र विश्वमा रेकर्ड हो। हामी छिट्टै कोरोना प्रतिबन्ध हटाउनेछौं।’

दिल्लीका जनता, अफिसर, डाक्टरले धैर्यताका साथ महामारीको सामना गरेको भन्दै केजरीवालले प्रशंसा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *