राजनीति

वर्षमान पुन बिहानै खुमलटारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्। चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका नेता पुन मंगलबार बिहानै खुमलटार पुगेका हुन् ।

भेटमा प्रचण्डले नेता पुनलाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। ​झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *