काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४६७६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ३६३४ जना, ललितपुरमा ५८७ जना र भक्तपुरमा ४५५ जना गरि कुल ४६७६ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ५२ हजार ८४२ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३८ हजार ५८१, ललितपुर जिल्लामा ९ हजार ५१ र भक्तपुर जिल्लामा ५ हजार २१० रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८ हजार ५४ र एन्टीजेन परिक्षणबाट २२६५ गरि कुल १० हजार ३१९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५४० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.७ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १४९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १६ हजार ६५४ पिसिआर र ४५४७ नमुना एन्टीजेन परिक्षण गरि कुल २१ हजार २०१ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८२ हजार ५५० पुगेका छन् । त्यस्तै आइसीयुमा २३८ जना छन् भने देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा १७७१ जना छन् भने होम आइसोलेसनमा ८० हजार ७७९ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।




