समाचार

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका कैदी पक्राउ

दाङ । जिल्ला कारागार घोराहीबाट फरार रहेका कैदी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियारलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेका थिए । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको बताइएको थियो ।

परियार फरार प्रकरणमा प्रहरी जवान चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *