खेलकुद

पेङ शुआईसँग सम्बन्धित टि-सर्ट लगाउन प्रतिबन्ध भएपछि…

एजेन्सी । अवकाशप्राप्त टेनिस खेलाडी मार्टिना नवरातिलोभाले अस्ट्रेलियन ओपनमा चिनियाँ खेलाडी पेङ शुआइको समर्थनमा टी-सर्ट लगाउन प्रतिबन्ध लगाउने निर्णयको निन्दा गरेकी छन्।

शुक्रबार अस्ट्रेलियन ओपनको खेल चलिरहेको बेला दर्शकको ग्यालरीमा बसेका एक व्यक्तिलाई सुरक्षाकर्मीले उनको टी–सर्ट फुकाल्न भनेका थिए । उक्त व्यक्तिको टी–सर्टमा लेखिएको थियो– ‘पेङ शुआई कहाँ छ ?’

चीनका ठूला खेलाडीमध्येकी एक शुआइले केही महिनाअघि चिनियाँ एक उच्च अधिकारीमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

नोभेम्बरमा एउटा मेल बाहिर आएको भनिएको थियो । र, यो दाबी गरिएको थियो कि यो मेल पेंग शुईले पठाएको थियो र उसको तर्फबाट अधिकारीविरुद्ध लगाइएको यौन उत्पीडनको आरोप गलत थियो।

संसारभरका मानिसहरूले यस मेलको प्रामाणिकतामा शंका गरे र पेङको सुरक्षाको बारेमा चिन्ता व्यक्त गरे। अष्ट्रेलियन ओपनका आयोजकहरूले पेङको सुरक्षा नै आफ्नो प्राथमिक चिन्ता भएको बताएका छन्। तर, टिसर्ट हटाउन र ब्यानर जफत गर्न भनिएको कार्यको बचाउ गरेको छ ।

एक विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो प्रवेश टिकटको सर्त अनुसार हामी कपडा, ब्यानरहरू जुन व्यापारिक वा राजनैतिक छन् अनुमति दिदैनौं।’ एक ट्विटमा पूर्व खेलाडीले यो निर्णयलाई दुःखद भएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *