खेलकुद

वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड एक रनले विजयी

काठमाडौं । इंग्ल्यान्डले दोस्रो टी-२० खेलमा वेस्टइन्डिजलाई एक रनले पराजित गरेको छ । रोमाञ्चक जितसँगै पाँच टी-२० शृंखलामा एक/एक बराबरीमा पुगेको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले नौ विकेटले जितेको थियो ।

घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनायो ।

वेस्टइन्डिजका अकेअलल हुसेन र रोमारियो शेफर्डले समान ४४ रनको योगदान गरे । यस्तै निकोलस पुरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन बनाए ।

भ्रमणकारी टोली इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक तीन विकेट लिए । यस्तै आदिल राशिदले दुई विकेट लिँदा रोस टोपली र क्रिस जोर्डनले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रन बनायो । उसका लागि जेसन रोयले सर्वाधिक ४५ रन बनाए । यस्तै मोइन अलीले ३१ रन बनाउँदा क्रिस जोर्डनले २७ रन बनाउँदा टम ब्यान्टनले २५ रनको योगदान गरे ।

वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले समान दुई विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *